Logo

अन्तर्राष्ट्रिय

शिवसेनाले गर्यो राहुल र प्रियंकाको प्रशंसा



एग्जिट पोलको नतिजा आएलगत्तै सरकार कसको बन्ने भन्नेबारे बहस चलिरहेको बेलामा शिवसेनाले काँग्रेस अध्यक्ष राहुल गान्धी र प्रियंका गान्धीको प्रसंशा गरेको छ। यस अघि नै शिवसेनाले विश्वास गरे अनसुराको प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार दोहोरिने छ।

यसैबीच शिवसेनाले कांग्रेस अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धी वाड्राको तारिफ गरेको छ। शिवसेनाले भन्यो, उनीहरुले चुनावमा कडा मेहनत गरेका छन्, लोकसभामा उनीहरुलाई परिश्रम अनुसारको सिट मिलोस्।

लोकसभा चुनाव पछि धेरैजसो एक्जिट पोलमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारको थप एक कार्यकालको पूर्वानुमान गरिएको छ। यसैबीच चुनावमा भाजपालाई सहयोग गरेको शिवसेनाले फेरि चुनाव जितिसकेको जसरी राहुल गान्धीलाई दया भावले प्रसंशा गरेको छ।

पार्टीले आफ्नो मुखपत्र ‘सामना’ को सम्पादकीयमा लेखेको छ, ‘मोदी सरकार फेरि पनि सत्तामा आउने छ। यस्तो भन्नको लागि अब कुनै राजनीतिक पण्डितहरुको आवश्यकता रहँदैन। तल्लो तहदेखि नै यस्तो माहोल थियो कि मोदीको नेतृत्वमा सरकार बनाउनको लागि मानिसहरुले आफ्नो मन बनाइसकेका थिए।’

-महाराष्ट्रमा शिवसेना-बीजेपी गठबन्धनले ऐतिहासिक जीत हाँसिल गर्नेछु मराठी दैनिकले दावी गरेको छ, ‘महाराष्ट्रमा शिवसेना-बीजेपी गठबन्धनले ऐतिहासिक जीत हाँसिल गर्नेछ।’ यस भन्दा पहिले एग्जिट पोलको नतिजालाई लिएर शिवसेनाले विपक्षी दल विरुद्ध भनेको थियो।

कैयौं साना दलहरुको समर्थनबाट बन्ने गठबन्धन सरकार देशको हितमा हुँदैन। शिवसेनाले विपक्षी दलको गठबन्धन तयार गर्न प्रयासरत टीडीपी प्रमुख चन्द्रबाबू नायडूको कोशिशलाई लिएर उनी विरुद्ध कटाक्ष गर्दै भनेका छन्, उनी यता उता गरेर स्वयंलाई थकाइरहेका छन्। किनकी यस सम्भावित गठबन्धनको २३ मेको चुनाव परिणाम आएपछि टिकिरहनेको कुनै ग्यारेन्टी छैन।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।