Logo

मंसिरको पहिलो साता आईपिओ जारी गरेको माउन्टेन इनर्जीले भोली आईपिओ जारी गर्दै



माउन्टेन इनर्जीको आईपिओ बाँडफाँड भोलि बुधबार विहान १०ः०० बजे हुने भएको छ । कम्पनीले यही मंसिरको पहिलो साताबाट आईपिओ जारी गरेको थियो । 

माउन्टेन इनर्जीले जारी गरेको आईपिओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बुधबार विहान १०ः०० बजे आईपिओ बाँडफाँड गर्न लागेको जनाएको छ । आईपिओ बाँडफाँड माउन्टेन इनर्जीको केन्द्रीय कार्यालयमा हुनेछ ।

कम्पनीले यही कार्तिक अन्तिम साता १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ कात्तिक २६ गते निष्काशन खुल्ला भई मंसिर ३ गते बन्द गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँ बराबको १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २७ कित्ता आईपिओ जारी गरेकोमा ३९ हजार ३ सय ६१ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई सुरक्षित गरी र ९८ हजार ४ सय १ कित्ता(५ प्रतिशत) सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता आईपीओ सर्वसाधारणलाई बाँडफाँड गर्दैछ ।

उक्त आईपिओमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । उक्त आईपिओ गोलाप्रथाबाट १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।