Logo

प्रमुख समाचार

पहरामा टाउको ठोकिदा कसरी दुख्छ अब मोदीलाई सोध्नुस् !



संबिधान सभाका समयमा संसदको कुर्सी भाँचेर एकाएक चर्चामा आएका तात्कालिन नेकपा मावोबादी केन्द्रका सांसद अमनलाल मोदी फेरि चर्चामा आएका छन् । संयोग चाँही कस्तो भने दुवै पटक जव उनि चर्चामा आए राम्रो काम गरेर होइन, नराम्रो काम गरेर । (लाइट सिटि अभियान) उज्यालो नेपालका अभियान्ता नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लगाएर नग्याउँन खोज्दा मोदीलाई आफैँ नांगिएर पत्तासाफ भएको पत्तै पाएनन् ।

घिसिंगसँग जोरी खोजेका मोदीको एक छिनको आवेगले उनलाई अहिले ठूलै टाउको दुखाइको विषय बनिरहेको छ । दिनको १८ घण्टा सम्म अध्यारोमा बसेका नेपाली दाजुभाईहरुलाई जब कुलमानले उज्यालो बाँढे ती जनताहरु कुलमान माथि आइपरेको अप्ठेरोमा जुधेर लागेका छन् । आफ्नो निहित स्वार्थका लागि प्रतिशोधपूर्ण व्यवहार गर्ने मोदीलाई अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ ।

साँच्चै भन्ने हो भने ढुंगामा लगेर टाउको ठोकेको जस्तै पीडमा परेका छन् । यसको दुखाइ उनलाई मात्रै थाहा होला । कुलमानले आफूलाई लागेको आरोप पुष्टि गरेर देखाउँन समेत मोदीलाई चुनौती दिएका छन् । आरोप पुष्टि भए झण्डिएर मर्ने सम्मको चुनौती कुलमानले दिएका छन् । अनामलाल मोदीले कुलमान घिसिंगलाई पुरानै रिस पोखेको पुष्टि भएको छ । पछिल्लो जानकारी अनुसार मोदीले कुलमान सँग ५ लाख मागेको कुराहरु समेत बाहिर आएको छ ।

अरुलाई आगो झोस्न खोज्दा खोज्दा आफैँलाई आगोले पोलेको थाहा नै पाएनन् जब मोदीले । जनताको दरिलो साथ कुलमानले पाइरहेका छन् भने मोदीको चर्को भन्दा चर्को आलोचना भइरहेको छ ।

भित्रि स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका साँसद अमनलाल मोदीले विराटनगरको कटहरी क्षेत्रको सवस्टेशन सञ्चालन गर्न आयोजनासंग ५ लाख रुपैयाँ घुस मागेको खुलासा भएको छ । मोरङ्ग विराटनगरका प्रमुख जिल्ला अधिकारीका अगाडि नै साँसद मोदीले ५ लाख रुपैयाँ दिए मात्र सवस्टेशन सञ्चालन गर्न दिन बताएका थिए ।

एक महिना अघि सवस्टेशन सञ्चालनमा ल्याउन सीडीओ कार्यलयमा भएको बैठकमा साँसद मोदीले उद्योगले एक रुपैयाँ पैसा नदिएकाले उनीहरुलाई त्यसै बिजुली दिन नसकिने भन्दै विद्युत प्राधिरकणको आयोजनाले पैसा दिनुपर्ने भनेका थिए । कुलमानले घुस नदिएपछि मोदीले संघीय संसदको सार्वजनीक लेखा समितिमा उल्टै भ्रष्टचार गरेको आरोप लगाएका थिए ।

‘उद्योगलाई बिजुली दिन सवस्टेशन बनेको हो, उद्योगले अहिलेसम्म १ रुपैयाँ दिएका छैनन, त्यसैले आयोजनाले ५ लाख रुपैयाँ मलाई दिनुपर्छ अनि मात्र सवस्टेशन सञ्चालन गर्न दिने छु’ मोदीको भनाई उधृत गर्दै प्राधिकरणका एक उच्च अधिकारीले भने । पैसा नदिने उद्योगलाई किन लाइन दिने रु मोदीको प्रश्न थियो ।

प्राधिकरणका निर्देशक घिसिङ्गले सरकारी संस्था भएकाले पैसा दिन निमिल्ने भनेपछि दुईबीच केही बेर भनाभन भएको थियो । सीडीओको अगाडी साँसद मोदीले तलाई लेखा समितिमा देखाइ दिन्छु भनेर धम्की समेत दिएका थिए । मंगलबारको लेखा समिति बैठकमा कुलमानले भ्रष्टचार गरेको आरोप लगाए । दुईबीच केही बेर भनाभन भएको थियो ।

सवस्टेशन सञ्चालन गर्न नदिएपछि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले अनुरोध गर्दा पनि साँसद मोदीले अटेर गरिरहेका छन । एसियाली विकास बैंङ्क (एडीबी) को सहयोगमा निर्माण भएको सवस्टेशन हो । देशभरी एडीबीको ऋणमा ७५ ओटा सवस्टेशन निर्माण भइरहेका छन् ।

सवस्टेशन २ महिनाअघि नै चार्ज हुनुपर्ने थियो । काम गर्न नदिएपछि ठेकेदारले आयोजना छाडेको छ । सवस्टेशन सञ्चालन भएन भने भोल्टेजको कम हुने भएकाले त्यो क्षेत्रमा लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ । विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भएपनि साँसद मोदीको अगुवाइमा विद्युत आपूर्ति हुन दिइएको छैनन्  ।

सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध रहेको छ । स्थानीयबासिन्दाले गरेको अवरोधको नेतृत्व साँसद मोदीले गर्दै आएका छन् । कटहरी सबस्टेसन तत्काल चार्ज भएनभने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था आएको प्राधिकरणले जानकारी दिएको छ ।स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

यो पनि

मोदीले लगाए कुलमानलाई भ्रष्टाचारको आरोप, कुलमानले भ्रष्टचार गरेकै हुन् त ?

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लेखा समितिको बैठकमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।नेकपाका सांसद अमनलाल मोदीले निर्देशक घिसिङलाई भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । लोडसेनिङ हटेको तर यस्मा भ्रष्टचार नभई नहटेको उनको जिकिर छ । ‘उनले भने’, ‘लोडसेडिङ हटाएको श्रेय कुलमान जीले एक्लैले लिन खोज्नुभयो’ ‘मन्त्री, सचिव तथा प्राधिकरणका कर्मचारीको योगदान चै देख्नु भएन ।’

सबैको सहयोगमा लोडसेडिङ हटे पनि उहाँले एक्लैले लोडसेडिङ हटाए जस्तो गर्नुहुन्छ र त्यसैको आडमा भ्रष्टचार गरिरहनु भएको भन्दै मोदीले आक्रोश व्यक्त व्यक्त गरे ।मोदीले प्राधिकरणमा भएको भ्रष्टाचारको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा दिएर कुलमानलाई कारबाही गर्नुपर्ने समेत माग गरे ।

मोदीले थपे, ‘तत्कालीन राजा ज्ञानेन्द्रले पनि आफूलाई निकै ठूलो ठान्थे, अहिले कुलमान पनि त्यस्तै शैलीमा अघि बढ्दैछन्, त्यसैले लोडसेडिङ कसरी हट्यो ?

जवाफ दिँदै कुलमान

सांसद मोदीलाई जवाफ दिँदै कुलमानले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएको खण्डमा झुन्डिन तयार रहेको बताए । उनले कटारी सब स्टेशन निर्माणको समयमा पनि सांसदले नै अवरोध गरेको बताए ।

समितिको बैठकमा कुलमान र मोदीबीच वाकयुद्ध चलिरहेको समयमा कांग्रेसका सांसदहरु भने कुलमानको पक्षमा देखिएका थिए । सत्तारुढ दलका सांसदले नै कुलमानको विरोध गरिरहेको र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसदहरु कुलमानको पक्षमा रहँदाको दृश्य भने निकै रोचक बनेको थियो ।

यो पनि पढ्नुहोस् 

कुलमानले गरे कमाल, त्रिशूली थ्री ‘ए’बाट ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।

गएको शुक्रबार साँझ ५ बजेदेखि सुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युत्को उत्पादन सफल रूपमा गरिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए ।

उनको अनुसार आयोजनाको पहिलो युनिटमा निरन्तर लोड (विद्युत उत्पादन) दिएर गरिएको परीक्षणमा कुनै ह्रास तथा समस्या उत्पन्न नभई साँझ ५ बजे परीक्षणको अवधि सम्पन्न गरिएको छ । तीन दिनको परीक्षण अवधि र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिहीबारको अवलोकनको क्रममा सञ्चालन गरिएको समयमा समेत गरेर आयोजनाबाट २६ लाख २० हजार ८०० युनिट (२,६२०.८० मेगावाट) विद्युत उत्पादन भएको छ ।

विद्युत थ्री ‘ए’ आयोजनामार्फत नै निर्माण गरिएको त्रिशूली–काठमाण्डौ २२० केभी ‘डबल सर्किट’ प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थ सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आपूर्तिको माग बढिरहेको अहिलेको सुख्खायाममा थप भएको उक्त विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएसँगै विद्युत अभावमा महत्वपूर्ण राहत महशुस भएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए ।

उनको अनुसार आयोजनाको एक युनिटको परीक्षण सफल भएसँगै आज साँझदेखि कम्तिमा आठ दिनको लागि पहिलो युनिटलाई पुनःपरीक्षणको लागि बन्द गरिएको छ । ‘यो अवधिमा निर्माण पक्षले आयोजनाको सम्पूर्ण संरचनाको सुक्ष्म रूपमा पुनःपरीक्षण गर्दछ,’ आचार्यले भने, ‘पहिलो युनिटको तीन दिनको परीक्षण सफल भएकाले पुनःपरीक्षण सफल हुने र त्यसपछि निरन्तर सञ्चालनमा ल्याइनेछ ।’

पहिलो चरणमा प्रथम युनिटबाट ३० मेगावाट विद्युत उत्पादनको परीक्षणमा सफलता हासिल गरेको आयोजनाले आगामी असार दोस्रो सातासम्म दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ अन्तिम चरणमा पुगेको निर्माण कार्यलाई थप तीव्र बनाएको छ ।

यस आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक र चीनले आर्थिक व्यवस्थापन गरेको छ । आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार ०४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।