इंग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।
लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभुरपुलका कर्टिस जोन्सले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५८औं मिनेटमा निको विलियम्सको पासमा गोल गरेका थिए ।
६२औं मिनेटमा मोहम्मद सलाहको सुवर्ण अवसर खेर फाल्दा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । ८३औं मिनेटमा सलाहको पासमा रोबर्टाे फिर्मिनोको प्रहारलाई ओनानाले उत्कृष्ट बचाउ गरे ।
यही समूहको अर्काे खेलमा एटलान्टा र मिट्जेल्यान्डको १–१ गोलको बरारी खेल्दै अंक बाँडेका छन् । मिट्जेल्यान्डले समूहमा पहिलो अंक जोड्न सफल भएको हो ।
प्रतिक्रिया