भारतमा लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटमध्ये मतगणनाको प्रारम्भिक गणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन २२० सिटमा अगाडि रहेको छ । काँग्रेस गठबन्धनको युपीए ११३ सिटमा अगाडि रहेको छ । अन्य सिटमा ७५ रहेको छ ।
राहुल गान्धी पछाडि
अमेठीबाट चुनाव लडिरहेका काँग्रेस अध्यक्ष राहुल गान्धी बीजेपीकी स्मृति इरानीभन्दा २००० मतले पछाडि रहेका छन् । उनको पार्टी पछाडि रहेका बेलामा आफू नै पछाडि परेका हुन् । सुरुआती गणनामा राहुल अगाडि रहे पनि त्यसपछि निरन्तर राहुल पछाडि परेका हुन् ।
कडा सुरक्षाबीच मतगणना बिहीबार बिहान ८ :१५ देखि, मतगणना लगत्तै भड्किलो हिंशाको आशंका
भारतको लोकसभा चुनावको मतगणना बिहीबार बिहान ८ः१५ देखि सुरु हुँदैछ । त्यसअघि सुरक्षा स्थिति भने निकै कडा पारिएको छ । दिउँसोदेखि नै नतिजा आउन थाल्ने भारतीय चुनाव आयोगले जनाएको छ । गृहमन्त्रालयले हरेक राज्यमा कुनै धाँधली, गडबडी वा हिंसात्मक घटना नहोस् भन्नका लागि हाइ अलर्ट गराएको छ ।
बिहान ७ः१५ देखि ८ बजेसम्म कडा निगरानीका साथ इबीएम स्टङरुमबाट निकालेर मतगणना स्थलमा लगिने छ । चुनाव अधिकारीले दुई चरणमा डाकबाट आएका ब्यालेट जाँच्ने छन् । एक राउन्डमा १४ इबीएमको मतगणना हुन सक्ने जनाइएको छ ।
फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै भारतीय जनता पार्टी नेतृत्वको एनडीएले सत्तामा कब्जा जमाउने संकेत एग्जिट पोलहरुले दिए पनि विपक्षी दलहरुले भने त्यो पोललाई खारेज गर्दै आफूहरुको पकड बलियो हुने दावी गरिरहेका छन् ।
सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले ५४३ मध्ये २८२ सिट ल्याउँदा विपक्षी कांग्रेसले ४४ सिटमात्र जितेको थियो ।
यो पनि पढ्नुहोस्
मतगणना लगत्तै बिहीबार भारतमा भड्किलो हिंशाको आशंका, सबै प्रदेशमा हाइ अलर्ट
इलेक्ट्रोनिक भोटिङ्ग मेसिनलाई लिएर सुरु भएको यूपीए लगायत सरकारमा नरहेका दलहरुको विरोधलाई लिएर बिहीवार काउन्टिङ्गको दौरान हिंसाको आशंका गरिएको छ । यही आशंकाका कारण भारतको गृह मन्त्रालयले सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
बिहीबार विहान ८ बजेदेखि हरेक प्रदेशहरुमा चुनावी मतगणना सुरु हुँदैछ । यसका अलावा, ती स्थानहरुमा राजनीतिक दलहरुले हिंसा भड्काउने खालको बयान दिएका कारण सुरक्षा चुनौति थपिएको सरकारको ठहर छ । यसैलाई मध्येनजर गर्दै केन्द्रले सबै राज्यहरुसँग काउन्टिङ्ग स्थल र ईवीएम स्ट्रङ्न्ग रूम्सको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठान आग्रह गरेको छ ।
गृह मन्त्रालयले भोलि काउन्टिङ्गको दिन देशको अलग-अलग हिस्सामा हिंसा भड्किने आशंका गरेको हो । यही आशंकाका कारण सबै राज्यका मुख्य सचिव र प्रहरी प्रमुखलाई सचेत गराइएको हो । मन्त्रालयले राज्य र केन्द्रशासित प्रदेशले कानून र व्यवस्थालाई शान्त बनाइ राख्न भनेको छ ।
यसका अलावा राज्य र केन्द्रशासित प्रदेशहरुबाट स्ट्रङ्ग रूम्स तथा काउन्टिङ्ग सेन्टरहरुको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठाउनको लागि आग्रह गरिएको छ । कैंयौं नेताहरुले हिंसा भड्काउने बयान दिएका कारण मतगणनाको दिन अव्यवस्था या गडबडी हुन सक्ने आकलन गरिएको हो ।
मंगलबार पूर्व केन्द्रीय मन्त्री र राष्ट्रिय लोक समता पार्टीको अध्यक्ष उपेन्द्र कुशवाहाले एकदमै भड्काउ बयान दिएका छन् । ईवीएमद्वारा कथित छेडछाड र कथित स्वीपिङ्गलाई लिएर कुशवाहाले भनेका थिए ुयदि यसरी जवर्जस्ती मतगणना गरिन्छ भने सडकमा रगत बग्न सक्छ ।
उनले यो पनि भनेका थिए यदि हतियार उठाउन जरूरत पर्यो भने मानिसहरु हतियार उठाउन पनि तयार छन् । यसका अलावा, सोशल मिडियामा समेत केही अराजक र भड्किला तत्वहरुले हिंसा भड्काउनेवाला पोस्ट शेयर गरिरहेका छन्। केहीमा त मानिसहरुले ईवीएमबाट परिणाम घोषणासँगै आन्दोलनमा उत्रिन समेत कार्यकर्तालाई आह्वान गरेका छन् ।
लोकसभाको चुनाव ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा सम्पन्न भएको थियो । पश्चिम बंगाललाई छाडेर ज्यादा भन्दा ज्यादा राज्यहरुमा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सबै एग्जिट पोल्समा एकपटक फेरि एनडीए सरकार आउने भविष्यवाणी गरिएको छ ।
बिहीबार यही चुनावको मतगणना हुँदैछ । तर त्यसभन्दा पहिले यूपीए गठबन्धन सहित सत्तामा नरहेका दलहरुले ईवीएममा प्रणालीमा छेडछाड गरेको आरोप लगाएका छन् । विपक्षले मत गणनाको क्रममा सबै मतको पर्ची रुजु गर्नको लागि चुनाव आयोगसँग माँग गरेको थियो । जसलाई आयोग ले खारेज गरिदिएको थियो ।
यस भन्दा पहिले, विपक्षी दलहरुले सुप्रीम कोर्टसँग काउन्टिङ्गको दिन ५० प्रतिशत भीभीपिएटी पर्चीहरु गनेर ईवीएममा भएको भोटसँग मिलान गर्न माग गर्दै आएका छन् । सुप्रीम कोर्टले समेत यस मागलाई खारेज गरिदिएको थियो । मंगलवार २२ विपक्षी दलले चुनाव आयोगसँग भेटघाट गरेर काउन्टिङ्गको दिन ईवीएममा मिलान गरेर भोटको गणना भन्दा पहिले हरेक एसेम्ली सेगमेन्टको ५ भीभीपीएटी पर्चीहरुको इभीएममा परेको भोटसँग मिलान गर्न माग गरिएको छ ।
आज आयोगले यस मागलाई पनि अस्वीकार गरिदिएको थियो । विपक्षले चुनाव आयोगसँग यदि एक मात्रै बुथमा इभीएममा मिलान गरिएको भोट र भीभीपिएटी पर्चीहरुको काउन्टिङ्ग मिल्यो भने सम्बन्धित विधानसभाको सबै पर्चीहरु गन्नु पर्ने माग पनि गरेको छ।
सुप्रीम कोर्टले चुनाव आयोग काउन्टिङ्गको दौरान हरेक लोकसभा क्षेत्रको प्रत्येक एसेम्ली सेगमेन्टको एकको साँटो ५ बुथको वीवीपेट पर्चीहरुको इवीएमसँग मिलानको निर्देश दिएको थियो ।
अरुणाञ्चलमा लुटियो भोटिङ मेसिन, बिहीबार भारतभर हिंशा हुनसक्ने यस्तो छ संकेत
निर्वाचनको नतिजा आउनु १ दिन अघि बुधबार भारतको अरुणाञ्चलमा भोटिङ मेसिन लुटिएको छ । अरुणाञ्चल प्रदेशको कुरुङ्ग कुमे जिल्लामा बुधवार साँझ ५०० भन्दा धेरै नकावधारीहरुको हुलले एक पोलिङ्ग टीममाथि हमला गरेर ईवीएम लुटेर लगेका छन् । अधिकारीहरुका अनुसार घटना त्यतिबेला भयो जतिबेला पोलिङ्ग टीम यहाँको नान्पे पुलिस स्टेशनतर्फ जानको लागि साँझको समयमा एक जंगलहुँदै जाँदै थिए ।
मीडिया रिपोर्ट्सका अनुसार साँझ करिब ५ बजे नेशनल पिपुल्स पार्टीका करिब ५०० समर्थकहरुले एके(४७ राइफलहरु, डण्डा र बन्दूकहरुको साथमा लांगबांग इलाका नजिक ती अधिकारीहरु माथि हमला गरेका हुन् । उनीहरुले पहिले टीमका सदस्यहरुलाई धम्काए र फेरि उनीहरुको साथबाट मौजूद ईवीएम र अन्य सामान खोसे । यसै समयमा उनीहरुले केही राउण्ड हवाई फायरिङ्ग समेत गरेका थिए । तर यसमा कुनै मानवीय क्षति भने भएन ।
इलेक्ट्रोनिक भोटिङ्ग मेसिनलाई लिएर सुरु भएको यूपीए लगायत सरकारमा नरहेका दलहरुको विरोधलाई लिएर बिहीवार काउन्टिङ्गको दौरान हिंसाको आशंका गरिएको छ । यही आशंकाका कारण भारतको गृह मन्त्रालयले सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
बिहीबार विहान ८ बजेदेखि हरेक प्रदेशहरुमा चुनावी मतगणना सुरु हुँदैछ । यसका अलावा, ती स्थानहरुमा राजनीतिक दलहरुले हिंसा भड्काउने खालको बयान दिएका कारण सुरक्षा चुनौति थपिएको सरकारको ठहर छ । यसैलाई मध्येनजर गर्दै केन्द्रले सबै राज्यहरुसँग काउन्टिङ्ग स्थल र ईवीएम स्ट्रङ्न्ग रूम्सको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठान आग्रह गरेको छ ।
गृह मन्त्रालयले भोलि काउन्टिङ्गको दिन देशको अलग-अलग हिस्सामा हिंसा भड्किने आशंका गरेको हो । यही आशंकाका कारण सबै राज्यका मुख्य सचिव र प्रहरी प्रमुखलाई सचेत गराइएको हो । मन्त्रालयले राज्य र केन्द्रशासित प्रदेशले कानून र व्यवस्थालाई शान्त बनाइ राख्न भनेको छ । यसका अलावा राज्य र केन्द्रशासित प्रदेशहरुबाट स्ट्रङ्ग रूम्स तथा काउन्टिङ्ग सेन्टरहरुको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठाउनको लागि आग्रह गरिएको छ । कैंयौं नेताहरुले हिंसा भड्काउने बयान दिएका कारण मतगणनाको दिन अव्यवस्था या गडबडी हुन सक्ने आकलन गरिएको हो ।
मंगलबार पूर्व केन्द्रीय मन्त्री र राष्ट्रिय लोक समता पार्टीको अध्यक्ष उपेन्द्र कुशवाहाले एकदमै भड्काउ बयान दिएका छन् । ईवीएमद्वारा कथित छेडछाड र कथित स्वीपिङ्गलाई लिएर कुशवाहाले भनेका थिए ुयदि यसरी जवर्जस्ती मतगणना गरिन्छ भने सडकमा रगत बग्न सक्छ ।
उनले यो पनि भनेका थिए यदि हतियार उठाउन जरूरत पर्यो भने मानिसहरु हतियार उठाउन पनि तयार छन् । यसका अलावा, सोशल मिडियामा समेत केही अराजक र भड्किला तत्वहरुले हिंसा भड्काउनेवाला पोस्ट शेयर गरिरहेका छन्। केहीमा त मानिसहरुले ईवीएमबाट परिणाम घोषणासँगै आन्दोलनमा उत्रिन समेत कार्यकर्तालाई आह्वान गरेका छन् ।
लोकसभाको चुनाव ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा सम्पन्न भएको थियो । पश्चिम बंगाललाई छाडेर ज्यादा भन्दा ज्यादा राज्यहरुमा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सबै एग्जिट पोल्समा एकपटक फेरि एनडीए सरकार आउने भविष्यवाणी गरिएको छ ।
बिहीबार यही चुनावको मतगणना हुँदैछ । तर त्यसभन्दा पहिले यूपीए गठबन्धन सहित सत्तामा नरहेका दलहरुले ईवीएममा प्रणालीमा छेडछाड गरेको आरोप लगाएका छन् । विपक्षले मत गणनाको क्रममा सबै मतको पर्ची रुजु गर्नको लागि चुनाव आयोगसँग माँग गरेको थियो । जसलाई आयोग ले खारेज गरिदिएको थियो ।
यस भन्दा पहिले, विपक्षी दलहरुले सुप्रीम कोर्टसँग काउन्टिङ्गको दिन ५० प्रतिशत भीभीपिएटी पर्चीहरु गनेर ईवीएममा भएको भोटसँग मिलान गर्न माग गर्दै आएका छन् । सुप्रीम कोर्टले समेत यस मागलाई खारेज गरिदिएको थियो । मंगलवार २२ विपक्षी दलले चुनाव आयोगसँग भेटघाट गरेर काउन्टिङ्गको दिन ईवीएममा मिलान गरेर भोटको गणना भन्दा पहिले हरेक एसेम्ली सेगमेन्टको ५ भीभीपीएटी पर्चीहरुको इभीएममा परेको भोटसँग मिलान गर्न माग गरिएको छ ।
आज आयोगले यस मागलाई पनि अस्वीकार गरिदिएको थियो । विपक्षले चुनाव आयोगसँग यदि एक मात्रै बुथमा इभीएममा मिलान गरिएको भोट र भीभीपिएटी पर्चीहरुको काउन्टिङ्ग मिल्यो भने सम्बन्धित विधानसभाको सबै पर्चीहरु गन्नु पर्ने माग पनि गरेको छ।
सुप्रीम कोर्टले चुनाव आयोग काउन्टिङ्गको दौरान हरेक लोकसभा क्षेत्रको प्रत्येक एसेम्ली सेगमेन्टको एकको साँटो ५ बुथको वीवीपेट पर्चीहरुको इवीएमसँग मिलानको निर्देश दिएको थियो ।
नवभारत टाइम्सबाट साभार

प्रतिक्रिया