Logo

वोमी लघुवित्तद्धारा लाभांश घोषणा



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्था नागरिक लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार समेत सुरूवात गरेको हुनाले बोनसमा कर नलाग्ने संस्थाले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  ११ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।