Logo

टस जितेर भारतले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्दै



निर्मल लामिछाने।

अस्ट्रेलिया भ्रमणमा रहेको भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टस जितेर मानुका ओभल क्यानबेरामा पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै भारतले ब्याटिङ गरिरहेको छ ।  भारत ले २२.४ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ११४ रन बनाएको छ, भारतको लागि ओपनर शिखर धवन १६, शिभम गिल ३३, श्रेयस ऐयर १९ रन बनाएर आउट भए भने कप्तान विराट कोहली ४१ रनमा नटआउट रहेका छन् ।  

यसअघि भएको दुवै खेलमा भारत अस्ट्रेलियासँग पराजित भएको थियो । भारतको टोलीमा आज चार खेलाडी परिवर्तन भएका छन् । भारतले टोलीमा आज तीव्र गतिका बलर टि नटराजनलाई डेब्यू गराएको छ, भने यसअघिका दुवै खेलमा खराब प्रर्दशन गरेका नवदीप सैनीको स्थानमा नटराजनलाई डेब्यू गराएको हो ।

२९ वर्षिय नटराजन डेथ ओभर स्पेलिष्ट बलरको रुपमा चिनिन्छन् । त्यस्तै मयंक अग्रवालको स्थानमा सुभमन गिललाई मौका दिएको थियो । दुवै खेलमा खराब प्रर्दशन गरेका स्पिनर युजभेन्द्र चहलको स्थानमा कुलदीप यादवले मौका पाएका छन् । तीव्र गतिका बलर मोहम्मद शामीको स्थानमा शार्दुल ठाकुरले मौका पाएका छन् ।

त्यस्तै अष्ट्रेलियालेपनि आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । ओपनर डेविड वार्नरको स्थानमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई डेब्यू गराएको छ । ओपनिङ मार्नस लाबुसेन र कप्तान आरोन फिन्चले गर्ने छन् ।

प्याट कमिन्सको स्थानमा सन एबट र मिचेल स्टार्कको स्थानमा एस्टन अगरलाई मौका दिएको छ । 

भारतको टिम: शिखर धवन, सुभमन गिल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जस्प्रित बुमराह र टि नटराजन

अष्ट्रेलियाको टिम: आरोन फिन्च (कप्तान), क्यमरन ग्रिन, स्टिभ स्मिथ, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर, सन एबट, एस्टन अगर, एडम जाम्पा र जोश हेजलवुड

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।