सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश–२ का प्रदेशसभा सांसद शत्रुधन महतोलाई कारबाही गरेको छ ।पार्टी ह्विीपविपरीत सार्वजनिक लेला समितिको सभापतिमा उम्मेदवारी दिएपछि नेकपाले उनलाई अनुशासनको कारबाही गरेको हो । नेकपा संसदीय बोर्ड बैठकले महतोलाई १५ दिनसम्मका लागि निलम्बन गरेको छ ।
नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले महतोलाई अनुशासनको कारबाही गरी १५ दिनका लागि निलम्बन गरिएको जानकारी दिए । लेखा समितिको सभापति चयनका लागि तीन महिनाअघि भएको निर्वाचनमा महतोले आधिकारिक उम्मेदवार भरत साहविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
यो पनि पढ्नुहोस्
नेपालको गणतन्त्र धरापमा !

काँग्रेस नेता महेश आचार्यले प्रधानमन्त्री केपी ओलीका कारण नेपालको बदनाम भएको आरोप लगाएका छन् ।ओलीले न्यायपालिका, स्वतन्त्र प्रेस तथा मानव अधिकारको क्षेत्राधिकारमा हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत गरेको आरोप आचार्यले लगाए ।
ओलीले प्रमुख प्रतिपक्षी दलका नेतालाई छलेर बोलाइएको संवैधानिक परिषदको बैठकले नेकपा कार्यकर्तालाई न्यायाधीशमा नियुक्ति गरेको टिप्पणी उनको छ ।
‘न्यायालयमा कार्यकर्ता भर्ती, स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी मिडिया काउन्सिलको विधेयक ल्याउनेदेखि राष्ट्रिय मानवअधिकार आयोगलाई सरकारको शाखाका रुपमा राख्न खोजिएको छ’, कांग्रेसको जागरण अभियानलाई सुनसरीको धरानमा शनिबार सम्बोधन गर्दै आचार्यले भने, ‘प्रधानमन्त्रीका कारण मुलुकको अन्तर्राष्ट्रिय जगतमा बेइज्जत भएको छ ।’
आचार्यले केपी ओलीका कारण ठूलो बलिदानबाट प्राप्त गणतन्त्र धरापमा परेको आरोप पनि लगाए ।

टिप्पर खोलामा खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता
गोरखाको सिरानचोक गाउँपालिका –७ चिउरे भीरमा टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय टिप्पर चालक सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर दरौँदी नदीमा खसेको हो । टिप्परका सहचालक बेपत्ता छन् । उनको पहिचान खुलेको छैन । टिप्परमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया