प्रदेश न ३ को राजधानी मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनी भएको स्थान प्रहरी चौकी नजिकै पर्दछ ।यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए ।
बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको निष्कृय पारेको छ ।
यस्तैै पूर्वपश्चिम राजमार्गको हेटौंडा(९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तुु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
राष्ट्रपति र प्रधानमन्त्रीसँगै विप्लव समूहका नेताहरू पनि विभूषित हुने

सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट -१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । विप्लव समूहकै अर्का नेता सन्तोषकुमार बुढा मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । उनले २०६४ सालमा रोल्पा-२ बाट चुनाव जितेका थिए ।
यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।
भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । त्यतिबेला विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाइसकेको थिएन । भुजेललाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।
एक नम्बरमा राष्ट्रपति
गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ । संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्याए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
विभूषित हुनेहरुको पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीको नाम छ । यस्तै, दोस्रोमा प्रधानमन्त्री केपी शर्मा ओली, तेस्रोमा सभामुख कृष्णबहादुर महरा, चौथोमा पूर्वराष्ट्रपति डा। रामवरण यादव, पाँचौमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ ।
त्यसपछि नौ जना पूर्वप्रधानमन्त्रीहरूको नाम राखिएको छ । जसमा क्रमशः लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालाको नाम छ ।
बहालवाला मन्त्री, मुख्य मन्त्री, पूर्व मन्त्रीदेखि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश गरी ४५ जनाको नाम वरियताअनुसार राखिएका छन् । त्यसपछिका नामहरू भने वर्णानुक्रममा छन् ।
जसको नाम छैन
२०६४ को संविधानसभा सदस्य रहेका गायत्री साह र विश्वनाथप्रसाद (बिपी) यादव भने सम्मानित हुने सूचीमा परेका छैनन् । उनीहरू कुटनीतिक राहदानीकाण्डमा परेका थिए । यादव नक्कली उपभोक्ता समिति बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
२०६४ को संविधानसभामा सप्तरी-२ बाट निर्वाचित जयप्रकाशप्रसाद गुप्ताको नाम पनि विभूषित हुने सूचीमा छैन । पूर्वमन्त्री समेत रहेका गुप्ता मन्त्री रहेकै बेलामा भ्रष्टाचारी ठहर भएर जेल चलान भएका थिए ।
दुवै संविधानसभामा सदस्य रहेका सञ्जयकुमार साह पनि संविधानसभा पदक पाउनेको सूचीमा छैनन् । साहलाई धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।साहलाई २०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा पाँच जनाको ज्यान लिएको विस्फोटको घटनामा अदालतले दोषी ठहर गरेको हो ।
अपहरणमा अदालतबाट दोषी ठहर भएका श्यामसुन्दर गुप्ताको नाम पनि यो सूचीमा छैन । रुपन्देहीका गुप्ता २०६४ मा समानुपातिक सभासद बनेका थिए ।
एकीकृत नेकपा (माओवादी)का तत्कालीन उपाध्यक्ष मोहन वैद्यको नाम पनि विभूषित हुनेको सूचीमा परेको छैन । तत्कालीन एनेकपा माओवादीबाट पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका उनले संविधानसभाको कार्यकाल नसकिदै पदबाट राजिनामा दिएका थिए । २०६५ कात्तिक २६ गते संविधानसभाको १२ औं बैठकले वैद्यको राजीनामा स्वीकृत गरेको थियो । उनको स्थानमा दाङका कुबेर ओलीलाई सभासद नियुक्त गरिएको थियो ।
भ्रष्टाचारीलाई पनि विभूषण !
सरकारले पदक दिन लागेका ११०९ जना मध्ये भ्रष्टाचारमा मुद्दा चलिरहेका र विवादित सभासदहरू पनि छन् । विभूषित हुनेको ५७८ नम्बरमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेको नाम छ ।
चुरे भावर हुँदै नेकपा केन्द्रीय सदस्य रहेका न्यौपाने विरुद्ध ३१ करोड भ्रष्टाचार गरेको अभियोग छ । उनीसँगै भ्रष्टाचारमा मुछिएका पूर्व मन्त्री टेकबहादुर गुरुङ्गलाई पनि सरकारले विभूषित गर्न लागेको छ ।
न्यौपाने र गुरुङ दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यौपाने २०७५ चैत १३ गते ५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामाले पनि गणतन्त्र दिवसको अवसरमा पदक पाउने भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा पनि मुद्दा चलाएको थियो अनलाइनखबरमा समाचार छ ।
विप्लव कार्यकर्ताले समय मिलाउन नजान्दा आइतबार नै श्रृंखलाबद्ध विस्फोट

राजधानीको श्रृंखलाबद्ध बम विस्फोट आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । बजेट घोषणाको मिति नजिकिँदै गर्दा यसबारे पनि पत्रपत्रिकाहरुले चर्चा परिचर्चा गरेका छन् ।
कान्तिपुरले ‘चन्द समूहको आतंकः राजधानीमा श्रृंखलाबद्ध विस्फोट’ शीर्षक दिएर आइतबार भएको श्रृंखलाबद्ध बम विस्फोटबारे मुख्य समाचार लेखेको छ । आइतबार राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा बम विस्फोट भएका थिए । जसमा ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते छन् । ४ स्थानमा भने समयमै डिस्पोज गरिएको छ ।
सोमबारको बन्द सफल पार्न त्यसअघि नै आतंक सिर्जना गर्न विप्लव नेतृत्वको समूहले श्रृंखलाबद्ध बम विस्फोट गराएको कान्तिपुर समाचारमा उल्लेख छ ।विस्फोटका घटनालगत्तै गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायलाई कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।
विस्फोटले राजधानीको जनजीवन त्रस्त बनेपछि गृहमा सबै सुरक्षा निकायका प्रमुखलाई डाकेर गृहमन्त्रीले आकस्मिक बैठक राखेको अन्नपूर्णले लखेको छ । अन्नपूर्णका अनुसार, यसरी बोलाइएको बैठकमा गृहमन्त्री थापाले देशभरको सुरक्षा व्यवस्था बजबुत बनाउन निर्देशन दिएका छन् ।विस्फोटका घटनाप्रति कांग्रेसले देखाएको चासोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।
अन्नपूर्णका अनुसार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै राज्य तथा विद्रोही पक्षलाई संवादमा बस्न आग्रह गरेको छ ।नागरिकले विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लिएको लेखेको छ । विस्फोटका कुन–कुन कार्यकर्ताले ज्यान गुमाए भन्नेबारे भने नागरिकले केही उल्लेख गरेको छैन ।
नयाँ पत्रिकाले पनि श्रृंखलाबद्ध बम विस्फोटकै विषयलाई नै मुख्य समाचार बनाएको छ । र, यसले केही नयाँ तथ्यहरु ल्याएको छ । नयाँ पत्रिकाका अनुसार विप्लव कार्यकर्ताले टाइमर मिलाउन नजाँदा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गर्नेगरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरी भनाइ छ ।
सांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबाव
अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । कान्तिपुरका अनुसार सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्मविपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री तथा कांग्रेस नेता गगन थापा र अधिकांश समानुपातिक सांसदले यो कार्यक्रम बन्द गर्नुपर्ने धारणा राखेको कान्तिपुर समाचारमा उल्लेख छ ।
पशुपतिनाथ मन्दिरको जमिनमा चर्च !
पशुपतिनाथ मन्दिरको जमिनमा चर्च बनाइएकोलाई कान्तिपुरले भित्री पृष्ठमा छापेको छ । काठमाडौं महानगरुपालिका–७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो ।
मिसनजिरले जमिन प्रयोग गरेबापत वर्षको १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको कान्तिपुर समाचारमा उल्लेख छ । दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ ।
एक धर्मको मन्दिरको जमिनमा अर्को धर्म वा सम्प्रदायले संरचना बनाउनु कानूनविपरीत हुन्छ । तर, पशुपतिनाथको जमिनमा कानूनविपरीत चर्च स्थापना भए पनि सरोकारवालाले कुनै चासो देखाएका छैनन् ।
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा
सजाय तोकिएका अभियुक्तले कैद भुक्तानका लागि अदालतमा आत्मसमर्पण गरेमा २२० प्रतिशत मिनाहा हुने भएको छ ।
अन्नपूर्णका अनुसार सर्वोच्चका ३ न्यायाधीश संलग्न पूर्ण इजलासले नयाँ फैसला गरेको छ । तर यो सुविधा मुलुकी फौजदारी संहिता र देवानी संहिता लागू हुनपूर्व गत भदौ १ गतेअघि दर्ता भएका फौजदारी मुद्दाका प्रतिवादीले मात्र पाउनेछन् । यो नजिरले अन्तिम फैसला कुरिरहेका मुलुकभर जेलमा रहेका सयौंको संख्यामा रहेका कैदीबन्दीलाई राहत मिल्ने समाचारमा उल्लेख छ ।
वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने
बजेटको अन्तिम तयारीमा सरकार जुटिरहेका बेला नागरिकले वृद्धभत्ता ५ सयले वृद्धि हुन लागेको लेखेको छ । कर्मचारीको तलब पनि २० प्रतिशतले बढ्ने उसको दाबी छ ।नागरिकले लेख्छ– अर्थमन्त्री युवराज खतिवडा भत्ता र तलब दुवै बढाउन सहमत भए पनि स्रोतको उच्च दबावका कारण कति र कुन विधिबाट बढाउने भन्ने अन्तिम निर्णय जेठ १४ भन्दा अघि हुनेछैन ।
भक्तपुरसहित देशका विभिन्न स्थानमा बम फेला
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् ।भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।
यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।
रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।
कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।
छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक

छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । कान्तिपुरले गरेको खोजीमा उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो ।
स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए ।
शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन् । बुवा नियन्त्रक थिए । उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरूले असन्तुष्टि जनाएका थिए । उक्त कुरा सञ्चारमाध्यम हुँदै शिक्षामन्त्रीसम्म पुग्यो । मन्त्रीले चासो देखाए । परीक्षा सुरु हुनु २ दिनअघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए ।
शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो। नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो। तर शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरीत परीक्षाका काममा पटकरपटक सहभागी हुँदै आएका छन् ।
परीक्षाको आचारसंहिता र मर्यादाअनुसार छोराछोरी वा नातागोताका कोही परीक्षामा सम्मिलित हुने भए जिम्मेवारीमा बस्न पाइँदैन । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।




















प्रतिक्रिया