Logo

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड



भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ओडिआई क्रिकेटमा आफ्नो १२ हजार रन पूरा गर्दै पूर्व भारतीय कप्तान तथा खेलाडी सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।

जारी अष्ट्रेलियासँग भैरहेको तेस्रो ओडिआई खेलमा कोहलीले २३ रन बनाउँदै आफ्नो १२ हजार रन पूरा गरेका छन् । कोहली यो सँगै ओडिआईमा सर्वाधिक छिटो इनिङमा १२ हजार रन पूरा गर्ने ब्याट्सम्यान समेत बनेका छन् ।

कोहलीले २ सय ४२ इनिङमा सफलता हात पारेका छन् । समग्रमा ओडिआईमा १२ हजार रन जोड्ने कोहली छटौं र भारतीय दोस्रो खेलाडी पर्दछन् । ओडिआईमा १२ हजार रन श्रीलंका तीन, भारतका दुई र अष्ट्रेलिया एक ब्याट्सम्यानले बनाउन सकेका छन् ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरले ३ सय इनिङमा ओडिआईमा यस सफलता हात पारेका थिए । अष्ट्रेलिया सर्वाधिक सफल विश्वकप विजेता रिकी पोन्टिङले ३ सय १४, श्रीलंका पूर्व कप्तान कुमार सांगकाराले ३ सय ३६, सनाथ जयसूर्याले ३ सय ७९ र माहेला जयवर्धने ३ सय ९९ इनिङमा ओडिआईमा १२ हजार रन पूरा गरेका थिए । २ सय ४२ इनिङमा कोहलीले ४३ शतक र ५९ अर्ध शतक प्रहार गरेका छन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।