Logo

विभिन्न ठाउँमा आगलागी हुँदा धनमाल जलेर नष्ट



बागलुङ, रौतहट र  बाँकेमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ । 

बागलुङ, बागलुङ नगरपालिका-३ बस्ने ४४ वर्षीय बीर बहादुर श्रेष्ठको सोही नगरपालिका-४ उपल्लोचौरस्थित अस्मिता कपास उद्योगमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा सिरक बनाउने मेशिन १ थान र कपडा लगाएत सिरक बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत जलेर नष्ट भएको छ । प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

रौतहट, राजदेवी नगरपालिका-४ गढहिया टोल बस्ने जोगिन्द्र राउतको घरमा मिटरको तार सर्ट भई मंगलबार साँझ आगलागी हुँदा नगद २४ हजार रुपैयाँ, अन्नपात, लत्ताकपडा र २ थान साइकल समेत जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशालनगर बस्ने टंक धामीलको सोही ठाउँस्थित कमल गारमेन्टमा बिद्युतको लाईन सट भई मंगलबार राति आगलागी हुँदा विभिन्न कपडा  जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  १ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।