काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० सतुङ्गल डेरा गरी बस्ने लमजुङ दोर्वी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप अधिकारी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-२४ मखन डेरा गरी बस्ने एकिन नाम, थर, वतन नखुलेका बम बहादुर श्रेष्ठ नाम बताउने करिब ६० वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका-४ सिर्सिहवास्थित आँपको बगैचामा हाल नाम, थर, वतन नखुलेकी करिब २४ वर्षीया महिलाको शव मंगलबार साँझ फेला परेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया