Logo

प्रमुख समाचार

ओली जेठ २५ गतेबाट युरोप भ्रमणमा निस्किने, यस्तो छ कार्यक्रम



प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् ।परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् ।

त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

धुर्मुसलाई रुवाउने १६ पक्राउ !

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल सुरक्षाका लागि लगाइएको जस्ताको बार भत्काउने कार्यमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त रंगशाला बनाउने लागिएको विरोधमा रहेका स्थानीय नेकपा कार्यकर्ताले बुधबार बिहान एक किलोमिटर जति जस्तापाताको बार डोजर लगाएर भत्काएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बार भत्काउने कार्यमा संलग्न १६ जनालाई डोजरसहित पक्राउ गरिएको जानकारी दिए । कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग सुनुवाई नगरेको आरोपमा बार भत्काइएको प्रहरीले जनाएको छ ।

रंगशाला निर्माणको नेतृत्व गरेका धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चार मिटर छाडेर बाटो निर्माण गर्ने सहमति भएको चार दिनपछि बार भत्काइएको बताए । बार भत्काइएपछि धुर्मुस बुधबार रोएका थिए । उनले राजनीतिक प्रतिशोधका आधारमा घटना गराइएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।