प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माको एउटा भनाई बाहिरीएको छ त्यो भनाई हो । ‘नेपाली काँग्रेस पार्टी सुधारोन्मुख बाटोमा अगाडि बढ्दै छ। त्यसैले त हामी भित्र सुध्रिँदै, बाहिर गज्रिँदै छौं’, प्रवक्ता । ‘रुखको हाँगा भाँचिएका होलान् तर जरा अब झन् गडेर तल जाँदैछ’, उनले आज पाल्पामा भनेको कुरा हो ।
नेपाली कांग्रेसको जागरण अभियानका क्रममा बुधबार पाल्पा पुगेका प्रवक्ता शर्माले कांग्रेसले आफू अब सुध्रिँदै बाहिर गर्जिएर कम्युनिस्ट अतिवादविरुद्ध लाग्न निर्देशित गरे । ‘गल्ती गरिएन भने सुधार हुन सक्दैन । जे भएको छ राम्रै भयो।
जनताले कम्युनिस्टको शासनको स्वाद लिने मौका पाएका छन्। कांग्रेसले मात्र शासन सत्ता सम्हाल्ने जिम्मेवारी पाएको भए। कम्युनिस्ट आउँदा यो हुन्थ्यो त्यो हुन्थ्यो भन्न सक्थे, अहिले अतिवाद तथा उग्रवादको रुप सरकारको देखिएको छ’, शर्माले भने, ‘यो समय सधैं यस्तै रहँदैन। संगठनभित्र गल्ती कमीकमजोरी हुन सक्छ, तर त्यसलाई मेडिसिन गर्न जरुरी छ।’
युवा नेता शर्माले कांग्रेसले आलोचनालाई केन्द्रमा नराख्ने बताए। ‘सपना बाँडेर प्रधानमन्त्री ओली जी चर्चामा हुनुहोला। घरघरमा ग्याँसका पाइप जोड्ने सपना बाड्ने। पानीजहाज चलाउनेले बजेटमा किन कञ्जुस्याईं गरे, आफू चर्चामा रहेर मात्र कुनै विकास सम्भव हुँदैन’, उनले भने। कांग्रेसले विकासका लागि आधार तयार पारी काम गर्दै आएको स्मरण गर्दै शर्माले थपे, ‘आज सपना बाँँडेर हल्ला फिजाईँदै छ ।
कम्युनिस्टहरु छिनछिनमा रुप फेर्दैछन्। कहिले कुन नाममा कहिले कुन नाममा तरङ्ग फिँजाउने काम मात्र हुँदैन। जनताको भोटको अपमान गर्दैछन्, अब हामी अरुको कमजोरी औल्याउनेभन्दा आफूहरु मिलेर जानुको विकल्प छैन।’
जिल्लाका नेतृत्व तहमा रहेका कांग्रेसीहरुलाई प्रशिक्षणका क्रममा प्रवक्ता शर्माले नीति, नेतृत्व र समय सधैं एकै किसिमबाट अगाडि बढ्न नसक्ने बताए। उनले कार्यकर्तालाई आफूले आफैंलाई चिनेर कमजोरी सुधार गरी अनुशासित, मर्यादित, शान्त, नम्र, तथा क्रान्तिकारी बन्नुपर्ने बताए। हातमा हृदय मिलाएर अगाडि बढ्न कार्यकर्तालाई सुझाव दिए।
यो पनि पढ्नुहोस्
पत्रकारमाथि धावा बोल्ने मेयरलाई तत्काल कानुनी कार्बाही हुनुपर्छ : नेता प्रदीप पौडेल
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले पत्रकारमाथि धावा बोल्ने, इटहरी उप महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कानुनी कार्बाहिको माग गरेका छन् । पौडेलले मेयर चौधरीलाईको हर्कत प्रती सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै आत्मालोचना होइन लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीले यस्तो धृष्टता गर्नेलाई सरकारले कार्बाही गरोस् भनेका छन् ।
अराजक भएर विधिका विरुद्ध ललकार्ने, पत्रकारमाथि धावा बोल्ने, जनप्रतिनिधि भएर आफ्नो मर्यादा राख्न नसक्ने भन्दै नेता पौडेलले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई उनको पार्टिले समेत कार्बाही गर्नुपर्ने उल्लेख गरेका छन् ।
लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्छ : प्रवक्ता शर्मा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा छलफलको शुरुवात भएको बताएका छन् ।आज चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता शर्माले जागरण अभियान कांग्रेस सुधारको शुरुवात भएको पनि बताए ।
जागरण अभियानले कांग्रेसलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो।उनले भन्, ‘कांग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याब्लेट हो ।’ अभियानसँगै कांग्रेसले गति लिएको भन्दै उनले भने, ‘कांग्रेसको गाडी शुरु भयो। हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो। अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ।’ समग्रमा पार्टीको जागरण अभियान सफल भएको उनले दावी गरे ।
अभियानका क्रममा आम जनतामा निरासा मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे। शर्माले भने, ‘जनतामा अहिले निरासा छाएको छ। यसलाई आशामा बदल्ने काम कांग्रेसले गर्नुपर्छ। यसका लागि हामी निरन्तर लागेका छौँ।’
पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उहाँको भनाइ थियो। आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए। तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।फरक प्रसंगमा शर्माले मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने बताए।
कास्की काँग्रेसले राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम अन्तर्गत सभा तथा र्याली गर्ने
नेपाली काँग्रेस कास्कीले विशाल र्याली सहित सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार बसेको संयुक्त बैठकले जेठ २५ गते विशाल र्याली सहित सभा गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रम अन्तर्गत र्याली सहित सभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
विशाल र्याली विहान ११ वजे पोखराको पृथ्वीचोकबाट शुरु भई नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुङगा विपी चोकमा पुगेर सभामा परिण हुने छ । र्यालीमा पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्थाबाट आ–आफ्नो व्यानर सहित सहभागित जनाउन आग्रह गरिएको छ ।
बैठकले क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थिति जनाउन निर्णय गरेको छ । र्यालीको अनुगमनका लागि डिएलए कास्की, शिक्षक संघ र नेपाल प्रेस युनियन कास्कीलाई जिम्मेवारी दिइएको छ ।
‘प्रथम चरणको जागरण अभियानको समापनको अवसरमा यो र्याली निकाल्न लागेका हौं’, सभापति केसीले भने, ‘र्याली व्यापक बनाउनका लागि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियताका साथ सहभागिता जनाईदिन म आग्रह गर्दछु । बैठकमा पार्टीका पदाधिकारी, भातृ संस्था तथा शुभेच्छुक संस्थाको सहभागिता रहेको थियो ।
“ईद उल फित्र”मा सभापति देउवाको शुभकामना
जेठ २२, २०७६
शुभकामना !
इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल फित्र” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) प्रकट गर्दछु ।
इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।
लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुको महत्वपूर्ण योगदान रहदै आएको छ । लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरु अझ वढि जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति




















प्रतिक्रिया