उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले मुलुकको विकास र समृद्धिका लागि साना तथा मझौला उद्योगको विकास तथा विस्तारमा जोड दिनुपर्ने बताएका छन्।
साना तथा मझौला व्यवसायी महासंघ नेपालको १६ औं स्थापना दिवसको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ऐन कार्यान्वयनको दायित्वबारे सरकारका मन्त्रालयबीच नै अन्यौलता रहेकोमा असन्तुष्टि ब्यक्त गरे।
उनले भने ‘स्वदेशी उत्पादन महँगोमा किनुपर्ने ऐनमा व्यवस्था भएपनि लागू भएको छैन। लागु गराउने कुन मन्त्रालय हो त्यो थाहा छैन। ऐन कार्यान्वयनको जिम्मेवार संस्था प्रधानमन्त्री कार्यालयमा छ। ऊ खाली ऐन समातेर बसेको हुन्छ।
उनले साना, घरेलु तथा मझौला उद्योगीका लागि ऋण लगायत व्यवस्था पनि कार्यान्वयन हुन नसकेको भन्दै ऐन कार्यान्वयन नगर्नेलाई सरकारले दण्डित गर्न नसकेको गुनासो गरे। उनले कानुन कार्यान्वय लगायतमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरे।
मन्त्री यादवले साना, लघु तथा मझौला उद्योगले रोजगारी श्रृजना गरि मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको भन्दै विकास र प्रवर्द्धनमा सरकार उद्योगीसँग हातेमालो गरेर अघि बढ्न सधैँ तयार रहेको बताए।




















प्रतिक्रिया