पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
उनले भने आफुमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । हत्या गरिएका पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।
उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उहाँका समर्थकहरुबीचमा केहीबेर सानो खालको झडप समेत भएको थियो । उनी पाकिस्तान पिपल्स पार्टीका नेता हुन् ।
पटक पटक विवादित बन्दै आउनुभएका जर्दारीलाई यसअघि भ्रष्टाचार सम्वन्धी मुद्दाकै विषयमा ११ बर्षको जेल सजाय सुनाइएको थियो ।पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सात बर्षे जेल सजाय भोगिरहेका थिए ।




















प्रतिक्रिया