प्रभु लाइफ इन्स्योरेन्सले सात वटै प्रदेशका लागि कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार सातै प्रदेशका विभिन्न ठाउँमा कर्मचारी माग गरेको छ ।
सेल्स एण्ड मार्केटिङ क्षेत्रका लागि ब्रान्च म्यानेजर, सब–ब्रान्च इन्चार्ज, बैंकासुरेन्स पदमा कर्मचारी मागेको छ । त्यसै गरी ब्याक अफिसका लागि अपरेशन इन्चार्ज पदमा पनि कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ ।
भर्ना हुने कर्मचारीको तह जुनियर असिस्टेन्ट देखि सिनियर अफिसरसम्म रहने छ ।
आबेदन दिन इच्छुक आबेदकहरुको न्युनतम योग्यता व्यवस्थापनमा स्नातक तह र कम्तीमा द्धितीय श्रेणी हुनुपर्नेछ । त्यसै गरी अनुभवको सन्दर्भमा पनि कम्तीमा दुई वर्ष काम गरेको अनुभब हुनुपर्नेछ ।
कृषि विकास बैंकले खुलातर्फ ३८४ जनालाई जागिर खुलायो, बढुवाका लागि फारम खुलायो
कृषि विकास बैंकले विभिन्न पदमा ३८४ जनालाई जागिर खुलाएको छ । बैंकले अधिकृत र सहायक स्तरका विभिन्न ९ पदमा विज्ञापन आव्हान गरेको हो ।बैंकले वरिष्ठ शाखा प्रमुखमा ९ तहका अधिकृतमा ८ जना, वरिष्ठ लेखा अधिकृत ७ तहको अधिकृत पदका लागि २२ जना र वरिष्ठ अधिकृत ७ तहको इञ्जिनियरिङका लागि २० जना कर्मचारी माग गरेको हो ।
बैंकले ५ तह व्यवसाय सहायकतर्फ १०७, ५ तहकै एआईएस सहायकमा १३ जना माग गरेको छ ।त्यस्तै, ४ तहका लागि ओभरसियर (सिभिल)मा ५ जना, लेखापाल विराटनगरका लागि ६७, लेखापाल भैरहवाका लागि १०० जना र लेखापाल सुर्खेतका लागि ४२ जना माग गरेको छ ।
दरखास्त दिने अन्तिम मिती साउन २० गतेसम्मलाई तोकिएको छ । फारम अनलाइनबाट भर्न सकिनेछ ।




















प्रतिक्रिया