आगामी तीन दिन मुख्य र मझौला नदीमा वहाव सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, पर्सा, बारा, नवलपुर, परासी, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लाका चुरेबाट बहने केही ससाना नदीमा आकष्मिक बहावको सम्भावना रहेको र तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अहिले देशका अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा वर्षा भइरहेको र मनसुनको न्युनचापीय रेखा अझै दक्षिणतिर सरेकोले मनसुनी गतिविधि क्रमिक रुपमा कम सक्रिय हुँदै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा पश्चिम तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदी वरपरका क्षेत्र, नहर छेउमा सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आगह गरेको छ । आउँदो शनिबारसम्म नै देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजको मौसम कुन ठाउँमा कस्तोरु
जल तथा मौसम पुर्वानुमान महाशाखाले मौसमको पुर्वानुमान महाशाखाले मौसम विश्लेषण सहित आगामी ३ दिनको मौसमको पुर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाले गरेको मौसम विश्लेषण अनुसार अब मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिन्छ जसको कारणले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने देखिन्छ हाल देशभर सामान्य बदली भई देशका पुर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।
महाशाखाले सार्वजनिक गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :
श्रावण ९ गते बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण १० गते शुक्रबार
दिउँसो : देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।
श्रावण ११ गते शनीबार
दिउँसो : देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।
राती : देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।
जो निन्द्रामा घरसँगै बगे‘
आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा लागिन् ।
दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामानमात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई विस्तारा थिए । सधैं पल्लो कोठामा सबैसँगै सुत्थे तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् ।
आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए ।
पाल्लो कोठामा सुतेका दुई छोरीहरुको भने कथा अर्कै भयो । उनीहरु पनि अरुहरुझै मस्त निद्रामै थिए । अचानक पत्तौ पाए–घर घरक्क ग-यो, अनि गल्र्यामगुर्लुम भत्कियो । ‘एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्,‘त्यसपछि थाहा पाएनौं ।’ छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । कान्तिपुरबाट
जो निन्द्रामा घरसँगै बगे
आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा लागिन् ।
दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामानमात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई विस्तारा थिए । सधैं पल्लो कोठामा सबैसँगै सुत्थे तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् ।
आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए ।
पाल्लो कोठामा सुतेका दुई छोरीहरुको भने कथा अर्कै भयो । उनीहरु पनि अरुहरुझै मस्त निद्रामै थिए । अचानक पत्तौ पाए–घर घरक्क ग¥यो, अनि गल्र्यामगुर्लुम भत्कियो । ‘एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्,‘त्यसपछि थाहा पाएनौं ।’ छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । कान्तिपुरबाट




















प्रतिक्रिया