न्युजिल्यान्डका कप्तान केन विलियम्सन र ओपनर टम लाथमको उत्कृष्ट प्रर्दशनमा न्युजिल्यान्डले पहिलो टेष्टको पहिलो इनिंगमा वेस्टइन्डिजविरुद्ध बलियो सुरुवात गर्दै ५१९ रनको बलियो योगफल खडा गरेको छ ।
घरेलु टोली न्युजिल्यान्डले सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङ थालेको पहिलो सत्रको समाप्तिमा १४५ ओभरमा ७ विकेट गुमाउँदै ५ सय १९ रन बनाएको छ । कप्तान केन विलियम्सन आफ्नो टेष्ट करिअरको उत्कृष्ठ प्रदशन गर्दै २५१ रनको फराकिलो पारि खेलेका थिए ।
न्युजिल्यान्डले १४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । वेस्टइन्डिजका तीव्र गतिका बलर शनोन ग्रेबियलले डेब्यू खेल खेलेका विल याेंगलाई चौथो ओभरको अन्तिम बलमा ५ रनमा एलबिडब्लू आउट गरे । उनले ११ बलमा १ चौका प्रहार गरे ।
प्रतिक्रिया