उदयपुर जिल्लास्थित कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राति सवा १२ बजे चारपटक बम विस्फोट हुँदा ४ मजदूर घाइते भएका छन् । उक्त बिस्पोटमा परी ४ ओटा एक्साभेटर र मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
घाइते हुनेमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडा नम्बर ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान रहेका छन् ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । बम कसले किन र कसरी राखेको भन्ने खुलिसकेको छैन । चारवटा बम एकैसाथ पड्किँदा मजदूरबीच भागाभाग भएको थियो भने घटनास्थलमा शंकास्पद वस्तु अरू पनि देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको थियो ।
उक्त बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया