Logo

आज पहिलो ओडिआई अन्तर्गत दक्षिण अफ्रिका र इंग्ल्यान्ड भिड्दै



दक्षिण अफ्रिकाको भ्रमणमा रहेको इंग्ल्यान्ड क्रिकेटले आज ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:४५ पछि केप टाउनमा सुरु हुनेछ ।

यसघि भएको टि ट्वान्टी सिरिजमा क्लिनस्विप गरेको इंग्ल्यान्डले ओडिआई सिरिजमा पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ भने दक्षिण अफ्रिका टि ट्वान्टी सिरिजको हारबाट पाठ सिक्दै ओडिआईमा आफ्नो प्रतिष्ठा जोगाउन खोज्दछ ।

दक्षिण अफ्रिका प्रमुख तीव्र गतिका बलर कागिसो रबाडा चोटका कारण टोलीमा छैनन् भने अफ्रिकाको बलिङ युनिट केहि कमजोर बन्न सक्छ तर कप्तान तथा विकेटकिपर क्विन्टन डी ककलाई मुख्य रुपमा हेरिएको छ । 

त्यस्तै जेजे स्मट्स, हेनरिक क्लासेन र डेभिड मिलरलाई मध्यक्रममा जिम्मेवारीका साथ उत्कृष्ट इनिङ खेल्ने अपेक्षा गरिएको छ भने तीव्र गतिका बलरमा एन्डिलो फेहलुकुवओ, एनरिच नोर्किया र लुन्गी एनगिडीको सम्भावना छ । 

यता इंग्ल्यान्डको टिममा जो रुट, कप्तान ओईन मोर्गन र विकेटकिपर जस बटलर जस्ता विश्वस्तरिय उत्कृष्ट ब्याट्सम्यान हुँदा मध्यक्रम इंग्ल्यान्डको मजबुत छ । यी तीनै ब्याट्सम्यान म्याच विनर खेलाडी हुन् । 

इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हालसम्म ६३ ओडिआई खेल भएका छन् । जसमा दक्षिण अफ्रिका ३० खेलमा विजयी हुँदा २८ खेलमा पराजित भएको छ । एक बराबर र चार खेल नतिजा विहिन छन् । घरेलु मैदानमा अफ्रिकालाइ केहि फाइदा भने हुनेछ । 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।