गृह मन्त्रालयले मातहतका निकायका कामकारवाहीको अनुगमनलाई तिब्रता दिनेभएको छ । आर्थिक वर्ष २०७७-७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका निकायले लिएको जिम्मेवारी र त्यसको कार्यान्वयनको अवस्थाबारे कडाइका साथ अनुगमन गर्न लागिएको जानकारी दिए ।
मन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरिसकेको छ । मन्त्री थापाले कोरोनालगायतका कारण प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको समेत जानकारी दिएका थिए । उनले मातहतका निकायलाई आगामी दिनमा आफ्ना गतिविधिलाई चलायमान गराउँदै उपलब्धि हासिल गर्नतर्फ लाग्न निर्देशनसमेत दिए ।
उनले भने , “कतिपय कामका लागि छुट्याइएको बजेटको उपयोग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियो, प्रथम चौमासिकको समीक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमीकमजोरी हटाउने योजना बनाउनु ।
प्रतिक्रिया