Logo

सिटीले फुलहमलाई २-० गोल अन्तरले हराउँदै शीर्ष चारमा पुगे



 प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी फुलहममाथि सहज जित निकालेकाे छ । शनिबार राति भएको खेलमा सिटीले फुलहमलाई २-० गोल अन्तरले हराउँदै शीर्ष चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र केभिन डी ब्रुइनाले एक–एक गोल गरे । सिटीले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको पाँचौ मिनेटमा स्ट्रलिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २६ औं मिनेटमा डी ब्रुइनाले गोल गर्दै घरेलु टोलीलाई २–० गोलको जित दिलाए ।

जितसँगै सिटीले शीर्ष चारमा आफूलाई स्थापित गरेको छ । लिगका सुरुआती खेलमा खराव प्रदर्शन गरिरहेको सिटीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।

लिगको चौथो स्थानमा रहेको सिटीले १० खेलबाट १८ अंक जोडेको छ । पराजित फुलहम ७ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।

प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार  ८ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।