Logo

सिटिजन्स बैंकद्धारा ११ प्रतिशत लाभांश पारित



सिटिजन्स बैंकको लाभांश पारित भएको छ । बैंकको शनिवार सम्पन्न साधारणसभाले लाभांश लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ।

साधारणसभाले गत आर्थिक वर्ष २०७६–७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ १८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करिड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ ६९ बराबरको नगद लाभांश (कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६–७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्त बमोजिम तयार गरिएको वासलात, आ.व २०७६–७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १०:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।