Logo

हार्दिक पाण्डेको उत्कृष्ट ब्याटिङमा भारतले जित्यो टि ट्वान्टी सिरिज



अलराउन्डर हार्दिक पाण्डेको उत्कृष्ट ब्याटिङमा भारतले अष्ट्रेलियासँगको तीन टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ ।

हिजो भएको दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो । यसअघि भएको पहिलो खेलमा भारत ११ रनले विजयी भएको थियो ।

टस जितेर पहिला फिल्डिङ रोजेको भारतले  जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । 

भारतलाई जित दिलाउन हार्दिक पाण्डेले २२ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे । 

प्रतियोगिता अन्तर्गत तेस्रो टि ट्वान्टी खेल मंगलबार हुँदैछ ।

प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार  ११ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।