पछिल्लो समय टेलिभिजन रियालटी शो दिन प्रतिदिन बढ्न थालेको छ । यस्तैमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ पनि सुरु हुने भएको छ । राजधानीमा एक कार्यक्रमको बीच शोको औपचारिक घोषणा समेत गरिएको हो । ‘थ्रि प्रोडक्सन’ ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा निर्माण गर्न लागेको यो शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । जो ‘कमेडी च्याम्पियन’ का पनि निर्देशक हुन् ।
शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंहलगायत कलाकार निर्माताको रुपमा रहेका छन् । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् । जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’ की विजेता तेरियमा मगर, डान्स प्लस सिज २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।




















प्रतिक्रिया