Logo

अभिनेत्री खड्काले भनिन् “जिन्दगीको अर्को एउटा यात्रामा पाइला चाले”



निर्मल लामिछाने।
अभिनेत्री श्वेता खड्का बैवाहिक बन्धनमा बाधिएकी छिन् । हिजो काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । दोस्रो बिहे गरेसँगै श्वेता खड्काले सामाजिक सञ्जाल फेसबुकमा एक पत्र लेख्दै जिन्दगीको अर्को यात्रामा पाइला चालेको बताएकी छन् ।
उनी लेख्छिन्: “अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्रयासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , सल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु । तपाईकी उहि छोरी /चेली श्वेता खड्का
Capture.JPG
 
 
उनले बेहुली हुँदा खिचेका तस्बीरहरु 
129581267_3037971349636322_6348173590642444895_o.jpg 130482532_3037971516302972_2570582203703124432_o.jpg 130518734_3037971402969650_1448739058173718359_o.jpg 130606464_3037971299636327_7189903194695277486_o.jpg
 
 
 
 
 
 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १२:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।