नेपाल र चीन सरकारले संयुक्त रुपमा आज विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक गरेका छन् । नेपाल र चीनले डिजिटल माध्यममार्फत दुवै देशका उच्च स्तरीय अधिकारीहरुको सहभागितामा नयाँ उचाई सार्वजनिक भएको हो ।
नेपालले गत वर्ष सगरमाथाको उचाई मापत गरेको थियो । नयाँ मापन अनुसार सगरमाथाको उचाई आठ हजार आठ सय ४८.८६ मिटर कायम भएको छ ।
नेपाल र चीनले संयुक्त रुपमा आयोजित कार्यक्रममा सगरमाथाको चोमोलुङ्लाको रुपमा समेत स्वीकार गरिएको छ । संयुक्त कार्यक्रममार्फत परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गरेका छन् ।
यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ ।
प्रतिक्रिया