Logo

अस्ट्रेलिया बिरुद्दको तेस्रो ट्वान्टी ट्वान्टी खेलमा भारतले पहिला बलिङ गर्दै



अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तेस्रो तथा अन्तिम टि ट्वान्टी आई खेलमा पहिला बलिङ गरिरहेको छ । भारतका कप्तान विराट कोहलीले टस जितेसँगै सिड्नी क्रिकेट मैदानमा पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पहिला ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ७.३ ओभरको खेल सकिँदा ६६ रन बनाएर एक विकेट गुमाएको छ । जसमा स्टिभ स्मिथ १४ रन र वाइड ४६ रनमा खेलिरहेका छन् भने कप्तान आरोन फिंच ० रनमा आउट भएका छन् । भारतका लागि वासिंटन सुन्दरले एक विकेट लिएका छन् । 

तीन टि ट्वान्टी आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा ११ रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै भारतले टि ट्वान्टी सिरिज एक खेल अगावै जितिसकेको छ ।

भारतको टिम:

शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, युजभेन्द्र चहल, शार्दुल ठाकुर, वासिन्टन सुन्दर, दिपक चहर, सन्जु स्यामसन र टि नटराजन

अष्ट्रेलियाको टिम:

आरोन फिन्च, (कप्तान) म्याथ्यु वेड, डार्सी सर्ट, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, हेनरिक्स मोइसेस, सन एबट, डानियल साम्स, मिचेल स्विपसन, एडम जाम्पा र एन्ड्रयु टाई ।

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  २ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।