नेप्से परिसूचक आज ० दशमलव ४५ प्रतिशतले घटेको छ । नेप्से परिसूचक ९ दशमलव ०४ अंकले घटेको १९९५ दशमलव ३५ बिन्दूमा रोकिएको हो । आज कारोबारमा आएका २०२ कम्पनीको १ करोड २९ लाख ९० हजार ५सय ५६ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको सुरुमा सकरात्मक गति लिएको सेयर बजारले मध्यदिनबाट भने ओरालो यात्रा सुरु गरेको हो । यद्यपी नारायणी डेभलभमेन्ट बैंकको कारोबार भने सकरात्मक सर्किट लागेर बन्द भएको हो ।
त्यस्तै आजको दिनमा १२ वटा उपसमूहमध्ये हाईड्रोपावर र म्युचुअल फण्डमा मात्र हरियो देखिएका छन् ।
यसरी नै आज कारोबार रकमको आधारमा नेपाल पुर्नबिमा कम्पनीले अधिपत्य जमाएको छ । कम्पनीको आज ४५ करोड ८१ लाख बढीको कारोबार भएको छ ।
प्रतिक्रिया