Logo

ज्योति लाइफले ६६ करोड बराबरको आईपिओ निष्काशनका लागि बोर्डमा दियो आवेदन



ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले मङ्सिर १९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको आइपीओ निष्काशनको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब माथि पुग्नेछ ।

प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार  ४ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।