च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र टर्कीको इस्तानबुल बासाकसेइरले पहिलो हाफको १५ मिनेटमा नै खेल छाडेका छन् ।
खेलको १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिनका लागि संकेत गरेका थिए ।उनले रंगभेदी टिप्पणी गरेको आरोप इस्तानबुलका खेलाडीले लगाए । रेफ्रीहरुले उक्त आरोपको खण्डन गरिरहँदा दुवै टोलीका खेलाडीले त्यसको विरोध गरे ।
मैदानमा रेफ्रीहरुले अडान जारि नै राखेपछि दुवै टोलीले मैदान छाडेका थिए । झन्डै १० मिनेट छलफलपछि पनि खेलाडी र रेफ्री पक्षबीच समझदारी हुन नसक्दा खेलाडीहरुले मैदान छाडेका थिए । खेलको १५ मिनेट समय चल्दा खेल रोकिएको थियो ।
प्रतिक्रिया