Logo

पोखरीमा डुबेर ३ बालिकाको मृत्यु



तेह्रथुम जिल्लाको छथर गाउँपालिका-६ सुदाप च्याङलुङस्थित प्रगति कृषि समूहले तरकारी बारीमा सिंचाईको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको शनिबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ईन्द्र बहादुर लिम्बुकी ७ वर्षीया छोरी रन्जना लिम्बु, ५ वर्षीया छोरी रोजनी लिम्बु र सोही ठाउँ बस्ने देबेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना लिम्बु  रहेका छन् ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १४:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।