Logo

पाकिस्तानी अभिनेत्री माहिरा खानलाई कोरोना संक्रमण



पाकिस्तानी अभिनेत्री माहिरा खानमा कोरोना संक्रमण देखिएको छ । उनले शाहरुख खानको फिल्म ‘रईस’बाट बलिउड अभिनयमा डेब्यु गरेकी थिइन् ।

कोरोना संक्रमण भएको खानले आफ्नो सामाजिक सञ्जालमार्फत बताएकी छन् । आफैंले सोशल मिडियामार्फत जानकारी गराएकी हुन् । कोरोना संक्रमित उनी हाल आइसोलसनमा रहेको बताइएको छ।

खानले इस्टाग्राममा लेखेकी छन्, ‘मेरो कोरोना भाइरस टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । म अहिले आइसोलेसनमा छु । मसँग सम्पर्कमा आएका सबै ब्यक्तिहरु पनि कोरोना टेष्ट गराउनुहोला ।’

खानले यो मुस्किल समय भएको र छिट्टै ठिक हुने बताएकी छन् । उनले सुरक्षाको लागि मास्क लगायत स्वास्थ्य नियम पालन गर्न अपिल गरेकी छन् ।

प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार  १० : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।