Logo

मन्त्रीपरिषद्को बैठक बस्दै, कुलमानलाई निरन्तरता दिने निर्णय हुन सक्ने



मन्त्रीपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ ५ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले विधुत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै निरन्तरता दिने जनाइएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका गरेको स्रोतले जनाएको छ ।

मुलुकमा १८ घण्टा लामो लाोड सेडिङ हटाउन सफल भएको भन्दै सडक देखि सदनसम्म  कुलमान दोहोरिनु पर्ने चर्काे नारा उठेका छन् । सो सम्बन्धमा  सत्तारुढ दल नेपाल कम्युनिष्ट पाार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच समेत छलफल भइरहेको जनाएको छ ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  १२ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।