युनिक नेपाल लघुवित्त वित्तीय संस्था २ करोड ७० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन तयारीमा रहेको छ । संस्थाले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
उक्त सेयर निष्काशन गर्नको लागि लघुवित्तले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता(पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थालि. तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल लघुवित्तको अधिकृत पुँजी १० करोड, जारी पुँजी ९ करोड, र चुक्ता पुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ । यस्तै, सर्वसाधारणलाई सेयर जारी गरी बाँडफाँड गरे पश्चात संस्थाको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्ने छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल साउन १८ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ सालपौष १ गतेदेखि आफ्नो वित्तीयकारोवारको शुुभारम्भ गरेको हो ।
कोहलपुर, बाँकेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीयसंस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र मध्ये बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालय मार्फत् ८२,८६५ विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्द गरी १ अर्ब ७८ करोड रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह रहेको छ ।
स्थापनाकाल देखि नै नाफामा संचालन रहेको लघुवित्तले आ.व.०७६÷०७७ आषाढ मसान्तसम्ममा ४ करोड ५ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।
प्रतिक्रिया