Logo

अन्तर्राष्ट्रिय

ट्रम्पको गुनासो : चीनले कोरोनाबारे हामीलाई पहिले नै भन्‍नुपर्थ्‍यो



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले कोरोना भाइरसबारे आफूलाई पहिले नै भन्नुपर्ने बताएका छन् ।

‘म चाहन्छु, उनीहरुले कोरोना भाइरसबारे हामीलाई पहिले नै भन्नसक्थे । के भइरहेको छ भन्ने जानकारी दिन सक्थे,’ ट्रम्पले भनेका छन् । कोरोना भाइरसबारे सार्वजनिक रुपमा नआएसम्म आफूहरुलाई जानकारी नभएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले अघि थपेका छन्, ‘यो पब्लिक रुपमा नआएसम्म हामीलाई थाह नै थिएन ।’ चीन अति गोप्य रहेको र जुन दुर्भाग्यपूर्ण रहेको पनि उनको तर्क थियो । जनवरी २४ मा ट्रम्पले चीन र राष्ट्रपति सि जिनफिङलाई कोरोना भाइरसको संक्रमणबारे पारदर्शिता नदेखाएको आरोप लगाएका थिए ।

साथै एक साताअघि मात्रै कोरोना भाइरसलाई ‘चाइनीज भाइरस’ भनेपछि ट्रम्प आलोचित बनेका थिए । पछिल्लो पटक चीनले आफू समस्यामा परेको पहिले नै थाहा पाए पनि आफूहरुलाई जानकारी नदिएकोमा ट्रम्पले गुनासो गरेका हुन् । अन्नपुर्ण पोष्टबाट ।

प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार  ८ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।