Logo

ला लिगामा रियल म्याड्रिडको सहज जित



स्पेनिस ला लिगामा रियल म्याड्रिडले एथलेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ ।

घरेलु मैदान अल्फ्रेडो स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको बिल्बाओमाथि ३–१ को सहज जित हात पारेको हो । रियलको जितमा करिम बेन्जेमाले दुई गोल गर्दा टोनी क्रुसले एक गोल गरे । बिल्बाओका लागि एन्डर कापाले सान्त्वना गोल फर्काए ।

खेलको १३औं मिनेटमा नै एथलेटिको बिल्बाओ १० खेलाडीमा समेटिन पुगेको थियो । टोनी क्रुसमाथि फल गरेपछि राहुल गार्सिया दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भिनियिस जुनियरको पासमा टोनी क्रुसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको ५२औं मिनेटमा एन्डर कापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । डि मार्काेसको पासमा गरेको पहिलो प्रहार ब्लक गरेपनि रिवाउन्डमा उनले गोल गर्न सफल भएका थिए ।

७४औं मिनेटमा ड्यानियल कार्भाहलको पासमा करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुका मोड्रिचको पासमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई ३–१ को सहज जित दिलाए ।

यो जितसँगै रियालले शीर्षस्थानको रियल सोसिडाड र एट्लेटिको म्याड्रिडसँग अंक बराबरी (२६) गरेपनि गोल अन्तरमा तेस्रो स्थानमा रहेको छ । 

प्रकाशित मिति : मंसिर ३०, २०७७ बुधबार  १० : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।