Logo

सवारी दुर्घटना परी २ जनाको मृत्यु



अछाम र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना परी २ जनाको मृत्यु भएको छ ।

अछाम, कमलबजार नगरपालिका-५ कीर्तिपुरमा से.१ क ७५४ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खोलामा खसेर मंगलबार साँझ दुर्घटना हुँदा टिपर चालक कैलाली, कैलारी गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश चौधरीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य २ जनाको माया मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँबस्तिस्थित सडक छेउमा रोकी राखेको ना.५ ख ५३३७ नम्बरको ट्रकको पछाडी प्रदेश ३-०३-००१ प ५१३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर बस्ने ४० वर्षीय हरिचन्द्र उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  १ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।