भक्तपुर, चाँगुनारायण नगरपालिका-८ जितपुर बस्ने ४६ वर्षीय दिपक गिरीको कुखुरा फर्ममा भुसे चुलोबाट बुधबार बिहान आगलागी हुँदा २ हजार ७ सय कुखुरा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुर्खेत, सिम्ता गाउँपालिका-७ लामाकाँडा बस्ने २५ वर्षीय खगेन्द्र थापा क्षेत्रीको घरमा खाना पकाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेको मालसामानहरु पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया