Logo

भ्याटका करदाताको अभिलेख बायोमेट्रिक प्रणालीमार्फत



सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको अभिलेख वायोमेट्रिक प्रणालीमा अध्यावधिक गर्न सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको अन्तिमसम्म सक्ने गरि काम सुरु गरेको हो । 
अर्थ मन्त्रालयका अनुसार साउन महिनामा मात्र कुल ६ हजार ८ सय ४९ करदाताको विवरण बायोमेट्रिकमा अध्यावधिक भइसकेको छ ।
२०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताको दर्ता सम्बन्धी अभिलेख अध्यावधिक गरिसक्ने
आन्तरिक राजस्व विभागका जनाएको छ । 
यसैअनुरुप विभागले करदातालाई सम्बन्धित कर कार्यालयमा पुगेर आफ्नो  विवरण अध्यावधिक गर्न समेत विभागले आहृवान गरेको छ ।

मूल्य अभिवृद्धि करमा अहिलेसम्म कुल २ लाख ५९ हजार ८ सय २१ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । साउन महिना मात्र मूअकमा दर्ता हुनेको संख्या ३ हजार ८ सय ५८ रहेको छ । यो संख्या अघिल्लो वर्षको साउन भन्दा भने ६४ प्रतिशत कम हो ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ४ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।