Logo

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै शान्ति समाज



 सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।

गत वैशाखमा पनि परिषद्सम्बन्धी जारी भएको अध्यादेशलाई शान्ति समाजले त्यसको विरोधमा एकजुट हुन सबैलाई आह्वान गरेको थियो ।

आठ महिनापछि फेरि लोकतान्त्रिक मूल्यविपरीत संविधानको आत्मालाई डामेर जारी भएको अध्यादेशको शान्ति समाजले विरोध गरेको सभापति उत्तम पुडासैनीले आज जारी गरेका विज्ञप्तीमा उल्लेख छ ।

“सरकारको चरित्र हेर्दा लोकतान्त्रिक संवैधानिक संरचना निस्तेज एवं ध्वस्त पारी रिक्तता सिर्जना गर्न खोजिएको प्रतीत हुन्छ, तसर्थ बेलैमा उपचार खोज्न सम्बन्धित सबै लोकतान्त्रिक निकायलाई शान्ति समाज आग्रह गर्दछ”, विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार २१:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।