Logo

कुलमान घिसिङको नियुक्तिको माग गर्दै माइतीघर मण्डलामा युवाहरुको प्रर्दशन



नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङलाई नियुक्त गर्न माग गर्दै प्रर्दशन भएको छ । सोमबार साँझ काठमाडौंको माइतिघर मण्डलामा युवाहरुले पर्दशन गरेको छ । 

उनीहरुले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन घिसिङलाई नियुक्त गर्न माग गरेका छन् । साँझ झन्डै १ घण्टा प्रर्दशन गरेका उनीरुले एमसिसि खारेजको माग समेत गरेका छन् ।  यद्यपी सरकारले मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुन नियुक्तिको प्रस्ताव नलगेको स्रोतको भनाइ छ । 

दुई दिन अघि कुलमान घिसिङको कार्यकाल पूरा भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पद खाली भएको छ । कुलमानलाई पुन प्राधिकरणको नेतृत्व दिन आम सर्वसाधारणले सरकारलाई चौतर्फी दवाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  १० : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।