Logo

कोरोना बीमा दाबी गर्नेमध्ये १२ हजार १९३ जनालाई भुक्तानी



कोरोना भाइरसबाट सङ्क्रमित भई कोरोना बीमा दाबी गर्नेमध्ये १२ हजार १९३ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले बिहीबार प्रकाशन गरेको तथ्याङ्क अनुसार १२ हजार १९३ कोरोना सङ्क्रमितले एक अर्ब १९ करोड सात लाख रुपियाँ दाबीबापत भुक्तानी प्राप्त गरेका हुन् ।

समितिका अनुसार दाबी भुक्तानीका क्रममा कागजपत्र पूरा भएका २३ हजार ५६ जनामध्ये १२ हजार १९३ जनाले भुक्तानी प्राप्त गरेका हुन् । हालसम्म ५० जनाको कोरोना बीमा दाबी दोहोरो परेका कारण दाबी नदिने निर्णय गरेको पनि समितिले जनाएको छ । समितिका अनुसार दुई हजार १११ जनाको दाबी प्रक्रियामा रहेको, दुई हजार ५५४ जनाको बीमा दाबी स्वास्थ्य सेवा विभागमा प्रमाणीकरणका क्रममा रहेको, एक हजार ११ जनाको फाइल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र एक हजार ५७१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको समितिले जनाएको छ ।

पछिल्लो समय सर्वाधिक चासो र चर्चाको विषय बनेको कोरोना बीमा र यसको भुक्तानीप्रति अर्थ मन्त्रालयले चासो व्यक्त गरेको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ०८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।