Logo

शहरी विकासमन्त्री कृणगोपाल श्रेष्ठलाई जनताको खबरदारी: पार्टी फुटाउन पाईदैन



खबरदार पार्टी फुटाउन पाइदैन , पार्टी फुटे अपार जनताको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ ।  शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका थिए ।

चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुग्नुभएका मन्त्री श्रेष्ठलाई  पार्टी फुटाउदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले पाटी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताउनुभयो । भन्नुभयो–तपाईहरु ढुक्क हुनुहोस, हामी कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौ । उहाले प्रधानमन्त्री केपी ओलीको सरकार पुरै अवधी टिक्नेछ ।

उहाले जनताको चाहना अनुसार विकास निर्माणको कामले तिब्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताउनभयो । मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पु¥याउने छु, जनताको भनाई सुनेपछि मन्त्री श्रेष्ठले भन्नुभयो–आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा  फुट्न दिदैनौ । उहाले सरकार र पार्टीबिच कुनै असमझदारी नरहेको स्पष्ट पार्दैै उहाले यदी त्यसो हुन गए तपाईहरुले खबरदारी गर्नुपर्छ ।

 कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराउनुभएको थियो ।

उहाले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो–अहिलेको सरकारले विकासको कामलाई तिब्रता दिएको छ , यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्छ । स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ०८:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।