Logo

फिफा ‘द बेस्ट’ प्लेयर अवार्डको उपाधि रोबर्ट लेवान्डोस्कीलाई



पोलिस फरवार्ड तथा बायर्न मुनिखका स्टार रोबर्ट लेवान्डोस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।

बिहिबार राती भएको अवार्ड समारोहमा शीर्ष ३ मा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् ।

फरवार्ड लेवान्डोस्कीले भने बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

Capture.JPG

त्यस्तै महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन् । डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई लुसीले उक्त अवार्ड हात पारेकी हुन् ।

Lucy-Bronze-1024x576.jpg

पुरुषतर्फ प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते । लिड्स युनाइटेडका मार्सेलो बिएल्सा र बायर्नका हान्स फ्लिक पनि शीर्ष तीन मनोनयनमा परेका थिए ।

klopp-1024x576.jpg

त्यस्तै महिलातर्फको प्रशिक्षकमा भने नेदरल्यान्डकी सारिना विग्मन द बेस्टको उपाधि जित्न सफल रहिन् । उनले चेल्सीकी एम्मा हेअस र लियोनका जेन भासेरलाई मनोनयनमा पछि पारेकी हुन् ।

wiegman-sarina-1024x576.jpg

इटालीका माटिया अग्नेसेले फिफा फेयर प्ले अवार्ड जिते । उनले इटालीको युवा श्रेणी लिग अन्तर्गत विपक्षी खेलाडी मैदानमा लडेपछि तुरुन्त फर्स्ट एड उपचारका रुपमा सास फेर्न गाह्रो भएपछि सहयोग गरेका थिए । त्यसै सहयोगको कारण नै स्वास्थ्य टोलीले उनलाई बचाउन सफल भएको थियो ।

mattia-agnese-fifa-fair-play-award-1024x576.jpg

फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोले जिते ।

FIFA-FAN-AWARD-1024x576.jpg

पुरुषको द बेस्ट गोलरक्षक जर्मन कप्तान म्यानुएल नोएर चुनिए । उनले लिभरपुलका एलिसन बेकर र एटलेटिको म्याड्रिडका जान ओब्लाकलाइ पछि पार्दै उनले उपाधि जितेका हुन् ।

neuer-1024x576.jpg

महिलातर्फ द बेस्ट गोलरक्षकको उपाधि फ्रान्सकी सारा बौहाद्दीले जितेकी छिन् । मनोनयनमा लियोनकी बौहादीसँगै पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर रहेका थिए ।

sarah-bouhaddi-1024x576.jpg

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन् ।

puskas-1-1024x576.jpg

फिफा फिफ्प्रो पुरुष टिम:

एलिसन बेकर, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जील भान डाइक, सर्जियो रामोस, अल्फोन्सो डेभिस, जोशुआ किम्मिख, केभिन डे ब्रुएन, थियागो आलाकान्टारा, लिओनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो

FIFA-FIFPRO-XI-1024x576.jpg 

फिफा फिफ्प्रो महिला टिम:

क्रिस्टियन एन्डलर, लुसी ब्रोन्ज, वेन्डी रेनार्ड, मिलि ब्राइट, टोबिन हिथ, भेरोनिका बोकेटा, बार्बरा बोनान्से, मेगन रापिनो, डेल्फिन कासरिनो, भिभियन मीएडीमा, पेर्निल हार्डर

FIFA-FIFPRO-Women-XI-1024x576.jpg 

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।