Logo

प्रवास

सावधानी अपनाउन एनआरएनएको आग्रह



गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस ९कोभिड–१९० को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा।सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल,  स्पेन, कतार साउदी अरबले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित सङ्ख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरे ।

डा।सापकोटाले कोरोना सङ्क्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरेका हुन् । कोरोना सङ्क्रमणको बढ्दो जोखिमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन आग्रह गरे । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत सङ्गीत सुन्न र योग तथा ध्यान गर्न समेत डा।सापकोटाले अनुरोध गरे । ‘कोभिड–१९’ विरुद्ध खोप आगामी जनवरीभित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे ।  

यसैबीच एनआरएनएको ‘कोभिड १९’ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माका अनुसार कोभिड—१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । समितिले यो साता बेलायतमा एक जना र युएईमा दुई जनाको ज्यान गएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीको निधन भएको छ ।  

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १७ देशमा रहेका नेपालीको ज्यान गएको हो । हालसम्म विदेशमा रहेका ३४ हजार  ७०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको र तीाध्ये ३२ हजार ५११ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको एनआरएनएले जनाएको छ । एनआरएनए, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा विदेशमा अलपत्र परेका ५३ हजार ६९९  नेपालीको उद्धार भएको संयोजक शर्माले जानकारी दिए ।  

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  १२ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।