Logo

मास्कनलाई सेल्फी खिचिएको भन्दै चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना



कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेकोमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३५ सय डलर (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तोकिएको छ । 

यो महिनाको सुरुवातमा एक महिलासँग राष्ट्रपति पिन्येराको एउटा सेल्फी सोसल मिडियामा भाइरल भएको थियो । यो तस्बिरमा न राष्ट्रपतिले न ती महिलाले मास्क लगाएका थिए । 

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले उनीसँग सेल्फी खिच्न चाहँदा आफूले मास्क लगाउनु पर्ने बताएका छन् । 

Capture.PNG

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ । यहाँ सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । चिलीमा मास्क नलगाउँदा जरिवानाका साथै जेल सजायको प्रावधान पनि छ । ल्याटिन अमेरिकाको देश चिली ती देशमा समावेश छ जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । 

जोन होप्किन्स युनिभर्सिटीका अनुसार यहाँ कोरोनाका ५,८१,१३५ संक्रमित भेटिएका छन् जबकी अहिलेसम्म कोरोनाका कारण १६ सय ५१ जनाको मृत्यु भएको  छ । 

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  ७ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।