Logo

इंग्लिस प्रिमियर लिग: एभर्टनले आर्सनललाई हरायो



इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले लन्डन क्लब आर्सनलमाथि २–१ को जित हाँसिल गरेको छ । 

आत्मघाती गोलबाट अग्रता लिएको एभर्टनले यारी मिनाको निर्णायक गोलबाट जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो । आर्सनलका लागि निकोलस पेपेले एक गोल गरेका थिए । 

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको २२औं मिनेटमा रोव होल्डिङको आत्मघाती गोलबाट अग्रता लिएको थियो । टोम डाभिसको पासमा एलेक्स इओवीले क्रस गरेको बललाई डोनिनिक काल्भर्ट लेविनले प्रहार गर्ने प्रयास गरेपनि सँगै रहेका होल्डिङले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

३५औं मिनेटमा निकोलस पेपेले पेनाल्टीमार्फत खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४५औं मिनेटमा यारी मिनाले गिल्फी सिगुर्डसनको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

खेलमा पछि परेको आर्सनलले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाएपनि घरेल टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा आर्सनल पराजित हुन पुग्यो । प्रिमियर लिगको पछिल्लो ५ खेलमा आर्सनलको यो चौथो हार हो ।

 

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  १० : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।