Logo

सुरक्षा/अपराध

कोदालो प्रहार गरी हत्या गर्ने पक्राउ



स्याङ्जाको हरिनाश गाउँपालिका-५ आग्रीडाँडा बस्ने १४ वर्षीय शेर बहादुर थापाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रेशम रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा रेशमले शेर बहादुरलाई कोदालो प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  १२ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।